हुलाक वस्तु प्राप्त गरेपछि प्रापकको घरघरमै पुर्याउनु हाम्रो कर्तव्य हो । यसको लागि प्रापकको स्पष्ट नाम, पूरा ठेगाना (जिल्ला, स्थानीय तह, वार्ड नम्बर, गाउँ, टोल, मार्ग आदि), मोबाइल नम्बर उल्लेख गरिएको हुनुपर्छ । तर कुनैबेला कामको अत्यधिक चाप, कर्मचारी कटौती जस्ता कारणले हुलाक वस्तु बुझिलिन हुलाक कार्यालयमै आउनुपर्ने हुन्छ ।