A.D.:
Nepal Samvat: ११४४ कौलागा चतुर्दशी - २९
जिल्ला हुलाक कार्यालय, भक्तपुर नेपालकै राष्ट्रिय हुलाक सेवा सञ्जालको एक हिस्सा हो। यो संघ अन्तर्गतको कार्यालय हो । नेपालको ७७ जिल्ला मध्ये भक्तपुर जिल्लाको लागी हुलाक सम्बन्धी सेवाहरु संचालनको लागी तोकिएको जिल्ला स्तरको हुलाक कार्यालय हो। यस कार्यालय अन्तर्गत साविकमा ८ ईलाका हुलाक र १३ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेकोमा मिति २०८१ श्रावण १ गते देखि पालिका स्तरीय ३ हुलाक कार्यालय र ७ अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । जिल्लाभित्रका यी हुलाक कार्यालयहरु मार्फत जिल्लाबासीहरूलाई विभिन्न हुलाक सम्बन्धित सेवाहरू प्रदान गर्दछ। भक्तपुर जिल्ला हुलाक कार्यालय समयसँगै विकसित हुँदै आएको छ। यसले आधुनिक सञ्चार आवश्यकताहरूलाई पूरा गर्न प्रविधि अपनाएको छ, सेवाको गुणस्तर र कार्यक्षमतामा सुधार ल्याउँदै जनताको बढ्दो मागलाई पूरा गर्ने प्रयास गरिरहेको छ। चुनौतीहरू: भूगोलिक भूबनोट: भक्तपुरमा सुगम उपत्यका र केहि ग्रमीण पहाडी भूबनोटको समिश्रणले ग्रामीण क्षेत्रहरूमा हुलाक वितरणमा चुनौती उत्पन्न गर्दछ। जनघनत्व र बढ्दो शहरीकरण र आर्थिक गतिविधिहरूको विस्तारसँगै पूर्वाधार विकासको निरन्तर आवश्यकता। भावी सम्भावनाहरू: डिजिटल परिवर्तन: सेवा अझ प्रभावकारी र पहुँचयोग्य बनाउन डिजिटल प्रविधिको समायोजन। सेवाहरूको विस्तार: ई-वाणिज्य लजिस्टिक्स र उन्नत वित्तीय सेवाहरू जस्ता नयाँ सेवाहरूको अन्वेषण।